Search This Blog

Thursday, April 5, 2012

गजल ..... ५......

निशासरि जीवनमा आयौ आशाको दियो बाली
उल्लासले मन भर्‍यो रहेन दिलको माझ खालि ।।

माटोलाई ढुंगाको भर ढुंगालाई माटोको छ
म भने तिम्रै भरमा परेको छु अब काली ।।

नारीको त मनपनि दैवलेनै जान्दैनन् रे
यताको त चोखो माया त्यताको चैँ हो कि जाली ।।

मेरो पनि मनै त हो तिमीलाई नै चाहेछ
प्रकृतीको नियमनै हो किन गर्छ्यौ व्यर्थै गाली ।।

एकोहोरो म नै कति तिम्रो पछि लागिरहुँ
बुझ तिमी एक हातले बज्दैन कहीँ ताली ।।

क्रोध, लोभ, अहंकारले भलो कहिल्यै गर्दैन
आइदेऊ तिमी अब रिसराग सबै फाली ।।

२०६३.१०.१९

No comments:

Post a Comment