Search This Blog

Thursday, April 5, 2012

गजल ..... ६......

शुभकामनाका मेरा शब्द दुई सुन साथी
रोज्यौ भविष्यमा तिम्ले अभियन्ता हुन साथी ।।

अर्ती तिमी नठान्नुहै अनुभव बाँडदैछु
सल्लाह यो मेरो तिमी मनमनै गुन साथी ।।

छैन है कोही यहाँ समय भन्दा बलवान
समयको माग बुझी असल् क्षेत्र चुन साथी ।।

विघ्न वाधा नआओस् है तिम्रो प्रगती पथमा
सफल् होऊ तिमी सदा लक्ष्य आफ्नो छुन साथी ।।

आँटेको पुर्‍याउनु उद्देश्य तिमीले उच्च राखी
तिम्रो हो न्यानो घाम तिम्रै शितल जुन साथी ।।


मिति २०६५.११.२५ का दिन काठमाडौं इन्जिनियरिङ् कलेज
स्टुडेन्ट्स काउन्सील, कालिमाटी रा आयोजित स्वागत
कार्यक्रममा नव आगन्तुक अभियन्ता साथीहरुलाई स्वागत
गर्न वाचन गरिएको ।।

No comments:

Post a Comment