Search This Blog

Tuesday, April 3, 2012

गजल ............. ४ .........

आज फेरी तिम्रो तस्वीर अनायासै छोएको छु

एकान्तमा तिमीलाई सम्झी एक्लै कति रोएको छु ।।


दुःखीको कर्म मेरो छैठीलेनै कोरिदिएछ

पसिना र आँशुले मनको घाऊ धोएको छु ।।


जिउँदो लास सरि जीवन पिडा त कति कति

गजल र गीतमा सारा मनको बह फोएको छु ।।


आज फेरी तिम्रो तस्वीर अनायासै छोएको छु

एकान्तमा तिमीलाई सम्झी एक्लै कति रोएको छु ।।


२०६३.०९.१७ (०१.०१.२००७)
जनवरी २००७ मा प्रकाशित
आई. ई. एस. ए. (के. ई. सी.) को भि पत्रिका
"प्रतिध्वनी The Resound" मा समावेश गरिएको ।

No comments:

Post a Comment