Search This Blog

Friday, September 28, 2012

गोसाइँकुण्ड यात्रा (जनै पुर्णिमा २०६९ श्रावण), फोटो संस्मरण....

जोखिमपूर्ण बाटो राम्चे, रसुवा (फोटो: विशाल दाहाल/रवि आचार्य)


झरना राम्चे, रसुवा (फोटो: रवि आचार्य)


गोसाईकुण्ड, विशालको क्यामेराबाट (फोटो: देवचन्द्र गर्तौला)


खासै राम्री त हैन तै पनि.... हाम्रो बसको झिल्के गुरुजी... (फोटो: रवि आचार्य)


यात्राको तयारी दरो देखिएको छ.... हिंड्ने तयारी गर्दै राम्चेमा ब्लगर (फोटो: मुस्कान श्रेष्ठ)


जिन्दगी खोला जस्तै बगिरहेछ... तर अनिश्चित दिशा र कष्टकर यात्रा हुने रेछ बर्खे भेल को भने.... (फोटो: रवि आचार्य)


धुन्चेबाट देखिएको लांगटाङ्ग, हामीलाई जे बताइयो, हिमाल.... (फोटो: रवि आचार्य) यो फोटो हाल फेसबुक मार्फत संचालन गरिएको "Photos of Mountain in Nepal" प्रतियोगितामा रखिएको छ |


लेकाली फुल... गोसाइँकुण्ड जाने बाटोमा... (फोटो: रवि आचार्य)


लेकको मौसम, हुस्सु र कुहिरो... पुग्नु छ टाढा, मान्छेको धुइरो.... लौरीविना माथि उकालीमा.... (फोटो: रवि आचार्य)


लेकको भिरालो बाटो हिंड्नै नहुने.... (फोटो: रवि आचार्य)


बुद्द मन्दिरमा बास बसेपछि साँझ देखिएको मनोरम दृष्य.... साथीहरु देवचन्द्र गर्तौला र सुनिल अधिकारी... (फोटो: रवि आचार्य)


अब कुण्ड नजिकै छ... पदयात्रा मार्ग.... बिहानीको मिर्मिरेमा... (फोटो: रवि आचार्य)


तल देखिएको सरस्वति कुण्ड, यद्यपि नामको बारेमा धेरै मतभेद पाइयो..... (फोटो: रवि आचार्य)


बाटो तर्पाइ तर्पाइ छ अब.... गोसाईकुण्ड नजिकै.... (फोटो: रवि आचार्य)


यहाँ पनि आधिकारिक जानकारी छैन.... भैरव कुण्ड भनेर चिनाइयो हामीलाई.... (फोटो: रवि आचार्य)


गोसाइँकुण्ड त्रिशुलधारा तिरबाट.... (फोटो: रवि आचार्य)


स्वर्गमा नौ तले घर बन्छ रे अब..... साथी मुस्कानले बनाए घर.... (फोटो: रवि आचार्य)


जानु छ टाढा, बाटो छ अफ्ठ्यारो.... फर्कने क्रममा लौरीबिना ओर्लंदै.... (फोटो: रवि आचार्य)


जम्मै हिलो भएर खत्तम भएछ बाटो त..... धिम्सा नजिकै कतै यात्रुको लर्को.... घोडा/खच्चड हिंडेर बनाएको हिलो बाटोमा छल्दै हिँडेका.... (फोटो: रवि आचार्य)


रमाइलो हुस्सु र उपत्यका जस्तो भू-भाग... चन्दनबारी नजिकै.... (फोटो: साथी अनिल)


रमाइलो चन्दनबारी बजार..... (फोटो: रवि आचार्य)


धुन्चे बजार.... रमाइलो थियो त्यो दिन..... (फोटो: रवि आचार्य)


मानसिं अमरसिं अंग्रेजी विद्यालयमा कक्षा ५ मा पढ्ने यी नानी निकै आँटिली रहिछिन् तर बाटोमा जुका लाग्दा भने यिनको हंशले ठाउँ छाड्यो.... (फोटो: रवि आचार्य)


त्रिशुली पारीको डाँडा र झरनाको मनमोहक दृष्य.......... (फोटो: रवि आचार्य)


राम्चेको पहिरो..... निकै कठिन बनाएको छ बर्खाको धुन्चे/स्याफ्रुबेसी यात्रा यो पहिरोले..... (फोटो: रवि आचार्य)


लारा (ब्रायन वा दत्ता कोही हैनन.. लांगटांग राष्ट्रिय) निकुन्जमा पर्ने एक मन्दिर... (फोटो: रवि आचार्य)


अर्को एक फरक प्रजातिको हिमाली फुल..... यसको जात/प्रकार को जानकारी नभए पनि फुल भने राम्रो थ्यो.. यसैले क्यामेरामा कैद नगरी रहन सकिएन.... (फोटो: रवि आचार्य)

No comments:

Post a Comment