Search This Blog

Saturday, April 7, 2012

गजल ............... ७ .............


शुभकामना लौ छ है साथी यो नव वर्षको
वृष्टि होस् सबैतिर मंगल अनि हर्षको।।

सह आओस्, शान्ति छाओस् यो पवित्र ने भूमीमा
चुमुन् प्रगतीले शिखर चरम उत्कर्षको।।

सफल रहोस् नेपालीका लागि यो नव वर्ष
साथ रहुन् ती हातहरु मायालु स्पर्शको।।

नयाँ वर्ष २०६९ सालको हार्दिक मंगलमय शुभकामनाका साथ......

२०६४ सालको शुभकामना दिन रचित गजल। २०६४ वैशाख अंकको "प्रतिध्वनि The Resound" मा प्रकाशित गरिएको।।

No comments:

Post a Comment