आज फेरी पावर कट् भयो
लोडशेडिङ् त नियती भैसक्यो
शायद नेपाली हुनुको औचित्य
या बिडम्बना
तर
आज भोलि मलाई बत्ती गएको मन पर्न थालेको छ ।
बत्ती गएपछिको
साथीभाईका ती मिस्ड्कलहरू
कुनै ब्यान्द विड्थ बाँकी नराखी खुलेका
एफ यमले बजाउने गीतहरू वा
दिनभरीको थकान् भुलाउने
विछ्युनामा मीठो निद्रा
तर होइन
निद्रा त मलाई पर्दै पर्दैन
संगीत को भेउ पाउनै छाडीसके
मिस्ड्कल पनि म फर्काउदिन
फेरि के ले मलाई बाध्य पारीरहेछ
पवार कट् को प्रतिछ्या गर्न
आखिर किन मलाई अचेल
अँध्यारो मन पर्न थालेको छ
शायद
तिम्रो सम्झना अँध्यारोमै आउन रुचाऊँछ
जुनभन्द उज्ज्वल तिम्रो मुहार
अँध्यारोमै देखिन रुचाऊँछ
तब त
निश्तब्ध अँध्यारोमा पनि
तिम्रो सम्झनाको सामिप्यता पाऊँछु
र मेरो अगाडि हज्जार सुर्यको तेज छाउँछ
त्यसैले शायद मलाई
बिजुली बत्तिको कृतिम चमक दमक
मन पर्न छाडेको छ आजभोलि
अचेल दंग पर्छु म नेपाली हुन पाउँदा
र मक्ख छु सम्झनामा तिमी आउँदा
त्यसैले त म आजभोलि
पवर कट्को प्रतिछ्यामा हुन्छु
सम्झनामै भएपनि तिमी पाउने आशमा
लोडशेडिङ् को साथमा
बत्ती गएको रातमा
तिम्रो यादको मातमा
२०६४-१२-१३
यो कविता मैनबत्ती को उज्यालोमा लेखिएको हो, जतिबेलामा नेपालमा पावर कट् को समस्या निकै ठुलो थियो र दु:खको कुरा यो आज पनि उत्तिकै ठुलो छ।।। आशा गारौ यो समस्या छिट्टै समाधान हुन्छ ।।।।
रवि आचार्य
लोडशेडिङ् त नियती भैसक्यो
शायद नेपाली हुनुको औचित्य
या बिडम्बना
तर
आज भोलि मलाई बत्ती गएको मन पर्न थालेको छ ।
बत्ती गएपछिको
साथीभाईका ती मिस्ड्कलहरू
कुनै ब्यान्द विड्थ बाँकी नराखी खुलेका
एफ यमले बजाउने गीतहरू वा
दिनभरीको थकान् भुलाउने
विछ्युनामा मीठो निद्रा
तर होइन
निद्रा त मलाई पर्दै पर्दैन
संगीत को भेउ पाउनै छाडीसके
मिस्ड्कल पनि म फर्काउदिन
फेरि के ले मलाई बाध्य पारीरहेछ
पवार कट् को प्रतिछ्या गर्न
आखिर किन मलाई अचेल
अँध्यारो मन पर्न थालेको छ
शायद
तिम्रो सम्झना अँध्यारोमै आउन रुचाऊँछ
जुनभन्द उज्ज्वल तिम्रो मुहार
अँध्यारोमै देखिन रुचाऊँछ
तब त
निश्तब्ध अँध्यारोमा पनि
तिम्रो सम्झनाको सामिप्यता पाऊँछु
र मेरो अगाडि हज्जार सुर्यको तेज छाउँछ
त्यसैले शायद मलाई
बिजुली बत्तिको कृतिम चमक दमक
मन पर्न छाडेको छ आजभोलि
अचेल दंग पर्छु म नेपाली हुन पाउँदा
र मक्ख छु सम्झनामा तिमी आउँदा
त्यसैले त म आजभोलि
पवर कट्को प्रतिछ्यामा हुन्छु
सम्झनामै भएपनि तिमी पाउने आशमा
लोडशेडिङ् को साथमा
बत्ती गएको रातमा
तिम्रो यादको मातमा
२०६४-१२-१३
यो कविता मैनबत्ती को उज्यालोमा लेखिएको हो, जतिबेलामा नेपालमा पावर कट् को समस्या निकै ठुलो थियो र दु:खको कुरा यो आज पनि उत्तिकै ठुलो छ।।। आशा गारौ यो समस्या छिट्टै समाधान हुन्छ ।।।।
रवि आचार्य
बाफरे तिमीले त लोद्सेदिंग को त गीती बनाई दिय छौ|जयहोस् दामी छ यार। keep it up
ReplyDelete