Search This Blog

Sunday, August 26, 2012

कालिन्चोक यात्रा... म र मेरो क्यामरा - २

शैलुंग को डाँडामा कुहिरो... मनमोहक दृश्य...

भेडा कालिन्चोकको बाटोमा देउराली माथि लागेपछि चर्दै गरेको भेटियो... कस्तो क्यामरामै हेरेर पोज दिनलागेको जस्तो...

बाटोमा भेटिएको फुल... माथिल्लो पहाडी क्षेत्रमा पाइने....

समुद्री घोडा जस्तो छैन त????

फुल.... जंगली फुल....

हराएको विश्व... अंग्रेजी सिरियल "The Lost World" को कथामा जस्तै देखिने यस ठाउँपछि साच्चै हामीले बाटो बिराएर जंगलमा करिब २ घण्टा भौंतरियौं... पहिला मजाक थ्यो पछि हराएको जस्तो लागेपछि निकै दुख गरेर जुका सँग पौठेजोरी खेल्दै पुन: गोरेटो बाटोमा फिर्ता आउन सफल भयौं.. तर त्यतिकैमा पनि हाम्रो दु:ख कट्ने वाला थिएन... हाम्रो बासस्थान "कुरी" पुग्दा रातीको ९ बजिसकेको थियो.... डम्म हुस्सु र पानी बगिरहेको बाटोमा अन्दाजकै भरमा थुप्रै हण्डर खाँदै हिंड्यौं हामी तीन भाइ.. अभिषेक दाइ, सुदिप दाई र म....

यो सम्म त्यही हराएको विश्व नै हो....

आइस एज को जस्तो लाग्ने....

फुल नै फुल छ जताततै, टिप्न भने हुँदैन....

जंगली फुल धेरै जात-जातीका हुने रहेछन्... त्यो उचाइमा पनि..

कुरीमा होटेल बन्ने तयारी हुँदै.... अहिले करिब आधा दर्जन होटेल यसै हिउँदबाट सेवा दिन तयार गर्ने लक्ष्य रहेछ.. ती व्यवसायीहरुको....

कुरी माथिको थुम्कोबाट देखिएको मनमोहक दृष्य.... उपत्यका र हुस्सु... हामीले हिमाल हेर्न पाएको त्यति नै हो...

"Dear, can you pose for me once again??" मैले यसो के भनेको चौंरीले त दरो पोज दिहाल्यो... कस्तो अंग्रेजी बुझ्ने रेछ भने...

चौंरीखर्क....

बिभिन्न प्रजातिका फुलहरु.....

माथि कालिन्चोकबाट देखिएको दृष्य.....

फुल... कति राम्रा हुन्छन्....

कालिन्चोक भगवती... शक्तिकी प्रतिक...

देवीलाई चढिने त्रिशुल.... त्यहाँ त्रिशुल दसौं हजारको संख्यामा थिए....

"म बन्न सक्छु नेपाली मेस्सी" फर्कंदा देउरालीमा भेटिएका एक किशोर बल हान्दै.... शायद यिन्ले नेपाली फुटबलमा देखिएको गोलको खडेरी चिर्न सक्छन् की...

चरिकोट फर्कंदै गर्दा देउरालीबाट देखिएको मनमोहक दृष्य...

गोधुली.... अतिनै राम्रो दृष्य....

यस्तो देख्न त काठमाडौँमा धेरै दुर्लभ छ....

चरिकोटमा हामी बसेको होटेलको छतबाट देखिएको गौरीशंकर हिमाल र श्रंखला....

कति बज्यो नेपाली टाइम अनुसार?? गौरीशंकर हिमाल र चरिकोट बजार

हिमाल जसलाई बादलले ढाक्ने जहिले कोशिश गर्छ.... तर क्षणिक सफलता सिवाय दिगो कहिल्यै हुने हैन....

पुरानो चरिकोट बजार... पुरानै घर बस्ति...

खाडीचौर र सुनकोशी... 

1 comment: