Search This Blog

Tuesday, April 3, 2012

गजल ........... ३ ............

फगत तिम्रो स्वार्थको मोर्चा कस्दिन म अब

अन्यायले सीमा नाघ्यो चुप बस्दिन म अब ।।

सकेसम्म झेल गरी बहकायौ सोझालाई

तिम्रो षड्यन्त्रको जालोमा फस्दिन म अब ।।

बेइमान त के यहाँ इमानदारलाई पनि किन्यौ

आफ्नो नजरबाट आफैँ खस्दिन म अब ।।

धम्काउनु, तर्साउनु यही त हो तिम्रो पेशा

तिमीदेखि डराई कुना पस्दिन म अब ।।

चाकडी र चाप्लुसीको जमानाले नेटो काट्यो

अन्यायको पाखुरीमा घ्यू घस्दिन म अब ।।

देशकै अर्थतन्त्र सबै खोक्रो बनाइसक्यौ
सर्प
बनी देशलाई अहँ डस्दिन म अब ।।

रगतको मूल फुटे, आमा कति रोएकिछिन्

आँशु लुकाई रुन्चे हाँसो हाँस्दिन म अब ।।

तिम्रो त मुखमा रामराम बगलीमा छुरा

निमुखाको ढाडमा छुरा धस्दिन म अब ।।


२०६३.०५.१२


विभिन्न कार्यक्रमहरुमा विचन गरिएको ।

No comments:

Post a Comment