पूर्णिमाको पूर्णचन्द्र औंशीको कालो रात लाग्यो
अन्धकारमा तिमी खोजेँ शुन्यतानै हात लाग्यो ।।
खिस्याउने र खसाउनेकै बोलबाला चल्छ यहाँ
चोखो हाम्रो मायाप्रेमलाई नानाथरी बात लाग्यो ।।
पिउन र पिलाउनलाई बहानानै चाहिन्न रे
तिम्रो सम्झनाको आज मलाई कस्तो मात लाग्यो ।।
मानवमै मानवताको अभाव पो रहेछ कि
आफन्तहरुबाटै बिर्सिन नसकिने घात लाग्यो ।।
सम्झनाको संघारमा हराउनुको पिडाजस्तो
रमाइला ती तिम्रो मेरो अतितको साथ लाग्यो ।।
जिन्दगीको बाटै यस्तो यात्राको यहाँ के भरोसा
आफ्नै जीवन पलापला झरिरहने पात लाग्यो ।।
२०६३.०५.११
१४ फेब्रुअरी २००७ मा प्रकाशित आई. ई. एस. ए. (के. ई. सी.) को
भित्ते पत्रिका "प्रतिध्वनी The Resound" मा समावेश गरिएको ।
Uploaded (June 13 2009)
No comments:
Post a Comment