Search This Blog

Monday, May 9, 2011

गजल ..... ##......

राजनीति र अगेनाको राप उस्तै उस्तै
सत्तामोह र खुकुरीको दाप उस्तै उस्तै ||

नरभक्षि ब्वाँसाका नंग्राले चिथरिंदा
नेताका सान्त्वनाको धाप उस्तै उस्तै ||

बन्द खोपीभित्र गर्ने नाटकीय सहमति
जाली तमसुकमा किर्ते छाप उस्तै उस्तै ||

महंगी, भ्रष्टाचारी, आतंक, दण्डहिनता
पेट्रोल कुर्ने सवारीका चाप उस्तै उस्तै ||

जति थप्पड खाएपनि नचेत्ने ढीट
ढेडु रुपी हाम्रा "माई बाप" उस्तै उस्तै ||

मिति २०६८|०१|२६, थानाभर्यांग, हेटौडा ...

1 comment: