Search This Blog

Friday, May 6, 2011

गजल ... १ .....

मुटुभित्रै तिमी रैछौ, अंगालोमा खोजेँ
चेतनामै तिमी रैछौ, दियालोमा खोजेँ ।।

विनारात आकाशमा उदाउँदैन जून,
सारा जीवन तिमीलाई उज्यालोमा खोजेँ ।।

आफूजस्तै तिमीलाई ठान्नु भूल थियो,
उँधो झर्नै विर्सिएर उकालोमा खोजेँ ।।

हराउनुको पिडाभित्रै हराएँ म शायद,
आफैँलाई गजलको यो भैँचालोमा खोजेँ ।।

स्वार्थी संसारमा प्रेम त बाँडिन्न भन्छन्,
मैले भने नदीका दुई भंगालोमा खोजेँ ।।

२०६३.०४.२२

प्रस्तुत गजल हेटौंडा एफ. एम. ९६.६ मा ०६४.०५.१३ को गजल
प्रहर कार्यक्रममा वाचन गरिएको थियो।
Uploaded (June 13 2009)

No comments:

Post a Comment