Search This Blog

Wednesday, April 3, 2013

नेपाल र अफगानिस्थानको फाइनल खेल सकिएपछिको भोगाई...

आज नेपाल हार्यो, हुन त फाइनल सम्मको यात्रा आफैंमा अदभुत थियो तर नेपाल के हार्यो आकाश रिसायो, घनघोर बादल लागेर ठुलो बिपत्ति आउला झैं हावाहुरी चल्न थाल्यो.. धेरैले दशरथ रंगशालामा भएको भागदौड सम्झिए.. तर धन्न त्यस्तो बिपत्ति आउने गरी केही भएन.. त्यस अघिनै दर्शकले यसअघि हारेपछि खराब नियतले खेल वातावरण बिगार्ने, हो हल्ला गर्ने बानीले यसपाली निरन्तरता पाएन.. हामी दर्शक धेरै विवेकशील भएछौँ जस्तो लाग्यो.. बरु शैक्षिक संस्थाले विज्ञापन गर्न राख्ने होर्डिंग बोर्ड हुरीले लडेर २ स्थानमा दुर्घटना हुन सक्ने स्थिति देखियो.. करिब ६ बजेतिर बल्खु बाट कुपन्डोल जाने बाग्मती करिडोर छिर्ने ठाउँमा राखिएको सगरमाथा इन्जिनियरिंग कलेजको होर्डिंग बोर्ड ढलेर एकछिन बाटो अवरुद्द भयो.. यद्यपी त्यहाँ ट्राफिक सक्रियताको कारणले नराम्रो केही भएन.. त्यस्तै कुपन्डोल पुल निस्कने मुखमा राखिएको नागार्जुन एकेडेमीको फ्लेक्सको गेट ढल्नै लाग्दा एक जना ट्राफिक प्रहरीले अन्य बटुवाहरुको सहयोगमा थामेर दुर्घटना हुन दिएनन्.. यसरि वाटोघाटो अवरुद्द हुनेगरी अथवा सम्भावित बायु/वर्षा को बेग धान्न नसक्ने गरी राखेको बोर्ड ढलेर केही भवितव्य भएको भए को जिम्मेवार हुने?? नगरपालिका/प्रचार सम्बन्धित संस्था/स्थानीय प्रशासन वा सडक उपभोक्ता?? 

No comments:

Post a Comment