.jpg)
कठ्याङ्रिने शिशिरमा मधुरो त्यो घामजस्तो
संसारमा फिँजीएको किर्तिमानी नामजस्तो ।।
साहित्यको भण्डार भर्ने तिम्रो सार्थक त्यो प्रयास
प्यासीलाई जल अनि भोकालाई मामजस्तो ।।
जन्मनुको सारलाई प्रमाणित गरिदियौ
अग्रजलाई चिनाउने प्रेरक त्यो कामजस्तो ।।
पुस्तान्तर सम्मपनि प्रेरणदायी रहू तिमी
साहित्यका संजिवनी तिनै "मोतिराम" जस्तो ।।
२०६४.०५.२५ मोति जयन्ती
No comments:
Post a Comment