Search This Blog

Wednesday, February 27, 2013


गजल_पेडा माग्दा आलु पाएको झोकमा फुरेको.... ;) 


टी एलमा चलेको बखेडाको पनि टुंगो लाग्यो |
मैले नपाएको पेडाको पनि टुंगो लाग्यो ||

गोठ बिना बेवारिसे कति अस्तव्यस्त बनी |
जथाभावी डुली हिंड्ने भेडाको पनि टुंगो लाग्यो ||

सोझो सिधा जनतालाइ फकाउन कति बाठो |
ठग, डाँकु, छुच्चो, बांगो टेढाको पनि टुंगो लाग्यो ||

आफु भलो जगत भलो सबैलाई समान दृष्टि |
छड्के नगर हेर्ने ती डेढाको पनि टुंगो लाग्यो ||

२०६९/११/१५ गते रोज ४ 
#No Offence Please...

No comments:

Post a Comment